असईले नेतालाई पेस्तोल पड्काउन दिएपछि परे निलम्बनमा


२०८० मङ्सिर ९ शनिबार ०७:४१ बजे

धनगढी । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका–३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इञ्चार्ज समेत रहेका असई पुष्कल चन्द निलम्बनमा परेका हुन् ।

उनले दशैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीय समेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सो विषय अहिले उजागर भएपछि असई चन्दलाई ६ महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए ।

‘पूर्व अध्यक्षको घर नजिकै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उहाँहरूबीच कडै दोस्ती रहेको देखियो’ घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘रमाइलोका लागि असइले पेस्तोल पड्काउन दिए । हामीले थाहा पायौँ उहाँ अहिले निलम्बनमा हुनुहुन्छ ।’

हतियार जस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए । बन्दुक पड्काउनेलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७