व्यवस्थाको होइन, नेताको विकल्प खोज्नु पर्छ : रवि लामिछाने

‘दुर्गा प्रसाईको आन्दोलन सरकारप्रति जनताको निरासा’


९ मंसिर २०८०, शनिबार
rabi

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले दुर्गा प्रसाईंको आन्दोलन आम जनताको सरकारप्रतिको निरासा भएको बताएका छन् ।

आज (शनिबार) रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताए । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारण आम नागरिकमा निरासा छाएको उनले बताएका छन् ।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएका कारण समेत देशको अर्थतन्त्र धरापमा पारेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७