नयाँदिल्लीको वायु प्रदुषणस्तर निकै खराब : मास्क अनिवार्य गर्न निर्देशन


२०८० मङ्सिर ९ शनिबार ०७:५१ बजे

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँदिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ। नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

नयाँदिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर (टाढा) जान विज्ञहरुले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरुले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो। राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ ।

सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो । राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ । भातरको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७