उर्लाबारी आगलागी : घाइते थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो


९ मंसिर २०८०, शनिबार
Rukum

काठमाडौँ । मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ । योसँगै उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

उर्लाबारी– ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो । कार्कीको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको प्रहरीले जनाएको छ । गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५ जना छन् । यसअघि उक्त आगलागी घटनामा उर्लाबारी–७ ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७