‘नजरबन्द’ बाट मुक्त भए दुर्गा प्रसाई, प्रहरी ‘स्टर्टिङ’ मा सिफल जाँदै

प्रसाईको कार्यक्रमस्थल सिफलमा घरका छत–छतमा प्रहरी, जमिनमा कुकुर परिचालन


९ मंसिर २०८०, शनिबार
Durga sifal

काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाई सिफलमा हुने आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् । शुक्रबार बिहानैदेखि घरै नजरबन्द रहेका प्रसाई अहिले निवासबाट निस्केका हुन् । शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने प्रसाई समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो ।

उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।

police

उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनु हुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ ।
प्रसाईको कार्यक्रमस्थल सिफलमा घरका छत–छतमा प्रहरी, जमिनमा कुकुर परिचालन
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज (शनिबार) काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो । तर, कार्यक्रमस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।

कार्यक्रमस्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ । सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो संख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको हो । आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाई ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७