जुम्लामा बञ्चरो प्रहार गरेर महिलाको हत्या


२०८० मङ्सिर ९ शनिबार ०७:०८ बजे

जुम्ला । जुम्लामा बञ्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउककपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बञ्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । स्थानीयका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेतिर महिलाको हत्या गरिएको हो । ‘जिल्ला प्रहरी कार्यालय जुम्लादेखि घटनास्थलतिर प्रहरी टोली खटिइसकेको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘घटनाको अनुसन्धान गर्ने र हत्यामा संलग्नलाई पक्रेर टोली फर्किने छ ।’

बञ्चरो हान्ने श्यामबहादुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् । उनलाई प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्दको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७