युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी


२०८० मङ्सिर ९ शनिबार ०७:३१ बजे

काठमाडौं । हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन् ।
गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ ।

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताकाअनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चार खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए ।

प्यालेस्टिनी अधिकारीहरूले विस्थापितहरूलाई उत्तरी पट्टीमा आफ्नो घर फर्कन आह्वान गरेका छन् । तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो । प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७