सवितालाई ‘अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार’, को हुन् उनी ?


२०८० मङ्सिर ९ शनिबार १५:२५ बजे

काठमाडौं । अटिजम भएका बालबालिकाको शिक्षामा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाई सो पुरस्कार प्रदान गर्न लागेको हो ।

भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पुर्‍याउनेमध्ये एक जनालाई पुरस्कार दिने गरेको छ । उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताएकी छन् ।

उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताएकी छन् ।

शरीर स्वस्थ र सग्लो भए पनि मस्तिष्कको विकास पूर्ण नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो । अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेको थिइन् ।

अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलिएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढी जनाले सेवा पाइसकेका छन् । अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् । दोलखाकी स्थायी बासिन्दा सविता उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७