प्रहरीको ‘स्कर्टिङ’ मा सिफल पुगेका दुर्गा प्रसाईं समूहसँगै राजावादीहरुको प्रदर्शन


९ मंसिर २०८०, शनिबार
durga prasai 1

काठमाडौं । काठमाडौंको सिफलमा मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाई समूह र राजावादी समर्थकले प्रदर्शन गरेका छन् । आज (शनिबार) दिउँसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाई भक्तपुरस्थित निवासबाट प्रहरीको ‘स्कटिङ’ मा पुगेका हुन् ।

प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा चर्को नारा लगाएका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । बिहीबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार तीनकुन क्षेत्रमा शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो ।

durga sifal police

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले शुक्रबार दिनभरमा गैरकानुनी हर्कत गर्न खोज्ने तथा अनुमतिबिना नाराजुलुस गर्न खोज्ने २६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । आज शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भए पनि सर्वसाधरणलाई धरपकड गरेको छैन । आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ ।

दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आएकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो । जसका कारण हिजो र आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाका कारण देखाउँदै राजावादी समर्थकलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा दिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७