वनभोज खाएर फर्किदै गरेको स्कुल बस दुर्घटना : चालकसहित तीनको मृत्यु, ३९ जना घाइते


२०८० मङ्सिर ९ शनिबार ०७:५४ बजे

उदयपुर । उदयपुरमा वनभोज खाएर फर्किदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । अधेरी झरना नजिकै बस दुर्घटना हुँदा त्रियुगा नगरपालिका–५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ ककी ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

शनिबार उदयपुरगढी गाउँपालिका–७ मा अन्नपूर्ण सेकेण्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो । उनीहरू वनभोज खाएर फर्किदै थिए । दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालकले गाउँको वनभोजका लागि स्कुलको बस भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७