दुर्गा प्रसाईंको गुनासो : काठमाडौंबासीले आन्दोलनलाई सघाएनन्

‘तपाईहरू बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ, यहाँ मान्छे हुने छैनन्’


९ मंसिर २०८०, शनिबार
durga sifal police

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई काठमाडौंबासीले सहयोग नगरेको भन्दै गुनासो गरेका छन् ।

आज (शनिबार) सिफलमा आयोजित प्रदर्शनमा बोल्दै उनले युवाहरू बिदेशिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।

‘म जति बाँच्छु तपाईहरूको हितमा काम गर्छु । साथ दिन तपाईहरू बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए । उनले काठमाडौँ ललितपुर र भक्तपुर बासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७