पूर्व राजा झापामा, यस्तो देखियो राप्रपाको शक्ति प्रदर्शन (तस्वीरहरु)

पूर्वराजाले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण


९ मंसिर २०८०, शनिबार
Gyanendra lingden

झापा । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले झापामा शक्ति आज (शनिबार) प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा शक्ति प्रदर्शन गरिएको हो । विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ । पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि झापा पुग्ने भएपछि राप्रपाले बाजागाजासहित शक्ति प्रदर्शन गरेको हो ।
पूर्वराजाले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

Raprapa

मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

Raprapa gyanendra

मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा नाराबाजी गरेका थिए । पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएका बताए ।

jhapa GBshah 1700906747
raprapa jhapa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७