बालेनलाई दुर्गा प्रसाईंको प्रस्ताव : आन्दोलनमा आउनुस्, प्रधानमन्त्री बन्नुस्


२०८० मङ्सिर ९ शनिबार १०:५४ बजे

काठमाडौं । व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् ।

आज (शनिबार) काठमाडौंको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भने, ‘बालेनजीलाई पनि फेसबुकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने । उनले भने ‘तपाईलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आखाका आँशु पुछौं । तपाइँ पनि सिराहा–सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’

प्रसाईंले आफ्नो आन्दोलनले गणतन्त्रको जग हल्लाइ दिएकाले आफूलाई हिजो नजरबन्दमा राखिएको दाबी गरे । ‘मलाई हिजो सरकारले आङसाङ सुकीलाई जस्तो नजरबन्दमा राख्यो, साँझ आएर सुरक्षाका लागि भन्यो’ प्रसाईंले भने । उनले आफ्नो आन्दोलनलाई मूलधारका मिडियाले समर्थन नगरेको समेत गुनासो गरे । ‘मिडियाका १२ भाइहरूले हाम्रो आन्दोलनलाई सहयोग गरेनन्, तर पनि युट्युबका साथीहरूले गर्दा जनताले थाहा पाएका छन्’ उनले भने ।

प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएपछि उनको समूहले आज पशुपति मन्दिर नजिकैको सिफल चौरमा कार्यक्रम गरेको थियो । बिहीबारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे पनि शनिबार उनको आन्दोलनमा सर्वसाधारणको उपस्थिति न्यून थियो । मधेसबाट आएका महिलाहरूको भने कार्यक्रममा बाक्लो उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७