पूर्व राजालाई गगनको चुनौती : च्याँखे थाप्ने होइन, सिधै खालमा भिड्न आऊ

‘राजतन्त्र हामीले फालेको होइन, आफ्नै कर्मले गएको हो, मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन’


९ मंसिर २०८०, शनिबार
gagan thapa

गुल्मी । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथापी सिधै खालमा भिड्न आउन चुनौती दिएका छन् ।

गुल्मीमा आज (शनिबार) आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिए ।

महामन्त्री थापाले भने, ‘नेपालबाट राजतन्त्र हामीले फालेको होइन, आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यिनै राजा होइन ? राजा फर्काउनु पर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नु पर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहन्छु, महाराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल, चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।’

महामन्त्री थापाले राजाले धर्म जोगाउँछन् भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् । मौका पर्दा मन्दिरका मूर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७