म एमालेको मात्रै होइन, देशकै नेता हुँ : ओली


२०८० मङ्सिर ९ शनिबार ०७:१३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको बताएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा आयोजित टुच्चा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पद्यमरत्न तुलाधरको योगदानको विषयमा भएको चर्चाको विषयलाई लिएर ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका हुन् ।

कार्यक्रममा न्यूदँया समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले नेपाल संवत् र समग्र नेवा समुदायको विकासमा पद्यमरत्न तुलाधरको योगदानको चर्चा गरेका थिए । उनले पद्यमरत्न तुलाधरले कुनै राजनीतिक दलको नेताको रूपमा नभएर एक मानवअधिकारकर्मी र नेवा समुदायको अगुवाको रूपमा समाजलाई नेतृत्व गरेको बताएका थिए ।

अध्यक्ष बज्राचार्यले भनेका थिए, ‘काठमाडौंमा एक जना नेता पद्यमरत्न तुलाधरको जुन उदय भयो, त्यो उदयले यहाँका बासिन्दाहरूलाई एकीकृत पार्ने, एकताबद्ध पार्ने, काठमाडौंबासीहरुलाई राजनीतिक जनचेतना जगाउने, सुसूचित पर्ने, हकअधिकारका लागि लडाइँ गर्ने सन्दर्भमा पद्यमरत्न तुलाधरको देन मान्नुपर्ने हुन्छ । ‘सूर्य अङ्कित झण्डामुनि रहेर काम गर्नु भयो । यद्यपि, पद्यमरत्न तुलाधर कुनै एक दलको होइन, सबै नेपालीहरूको विशेष गरी काठमाडौँवासी नेपालीहरूको, नेवा समाजको अग्रज नेता हामीले मानिआएका छौँ ।’

बज्राचार्यले ‘पद्यमरत्न तुलाधरले एमालेको सूर्य अङ्कित झण्डामुनि रहेर काम गरेता पनि उनी कुनै एक दलको नेता थिएन्’ भनेर राखेको धारणामा असहमति जनाउँदै अध्यक्ष ओलीले आफूलाई विश्व प्रसिद्ध सम्मानित नेताहरूको दाँजोमा उभ्याएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘नरेशमानजीले भन्नु भयो पद्यमरत्नजी कुनै पार्टीको होइन, सिङ्गै देशको हो । अनि म चाहिँ के घरको मान्छे ? जसले ५८ वर्षदेखि देशका लागि लडेको छ, के म चाहिँ पार्टीको मात्र हो र ? पार्टीको निजी हो र ? म त देशको मान्छे हो नि, देशको लागि लडेको मान्छे, देशका लागि जेलनेल गएको मान्छु हुँ । देशका लागि यातना भोगेको मान्छे ।’
नेपाली राजनीतिमा आफ्नो योगदानको चर्चा गर्दै ओलीले आफूलाई माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु जस्तै नेता लगायतका नेताहरू जस्तै नेता रहेको दाबी गरेका हुन् ।

ओली थपे, ‘माओत्से तुङ चिनियाँ एउटा पार्टीको मान्छे हुन् कि सिङ्गै चीनको नेता हो ? जवाहरलाल नेहरु या मोदी भारतका नेता हुन् कि तिनका पार्टीका नेता हुन् ? नेल्सन मण्डेला अफ्रिकाका नेता हुन् कि एएनसीका मात्र नेता हुन् ? त्यसैले म देशको नेता हुँ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७