उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना


१० मंसिर २०८०, आईतवार
himpat81641039928

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७