हमासबाट १३ इजरायली र चार जना थाई नागरिक रिहा, थप ३९ प्यालेस्टिनी कैदीबन्दी मुक्त


२०८० मङ्सिर १० आइतबार ०७:२१ बजे

काठमाडौं । गाजामा पक्राउ परेका थप १३ इजरायली बन्धक र चार जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरुलाई हमास समूहले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

गए राति हमासले इजरायली र थाई गरी १७ जनालाई रिहा गरेसँगै थप ३९ जना प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको सुरक्षा निकायले पुष्टि गरेको छ । इजरायल–हमासबीच भएको युद्धविरामको पहिलो दिन अस्ति शुक्रवार १३ जना इजरायली, ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो ।

थाई र फिलिपिनी नागरिकलाई भने कतारको छुट्टै कुटनीतिक पहलमा हमासले रिहा गरेको हो । कतारको मध्यस्ततामा हमास र इजरायलबीच भएको सम्झौतामा चार दिन युद्धविराम गरिएको छ । युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्धीलाई रिहा गर्नेछ भने इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ । युद्धविरामको आज तेस्रो दिन हो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७