रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो


२०८० मङ्सिर १० आइतबार ०७:२२ बजे

काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आज (आइतबार) देखि फेरि सञ्चालनमा आउँदैछ । गत ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैं–तिहारको बिदामा यात्रुको चाप न्यून भएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्दै एक महिनामै बन्द गरिएको थियो ।

तर, आजबाट ११ वटा बस थपेर द्रुत बस सेवा पुनः सञ्चालनमा आएको हो । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ भने ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

आजबाट काठमाडौं उपत्यकामा ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । मन्त्री ज्वालाका अनुसार ती बस तीन–तीन मिनेटको फरकमा छुट्ने छन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा कात्तिक ४ गतेदेखि स्थगित भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७