प्रदर्शन स्थगित गरेर साँस्कृतिक कार्यक्रममा दुर्गा प्रसाई


२०८० मङ्सिर १० आइतबार १५:०७ बजे

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईं नेतृत्वको आज (आइतबार) का लागि तय गरिएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका प्रसाई नेतृत्वको भक्तपुर हुने भनिएको आजको आन्दोलन कार्यक्रम स्थगित भएको हो ।

मंसिर ७ गतेदेखि सुरु भएको प्रसाईको आन्दोलन बल्खु, तीनकुने र सिफल हुँदै आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने तय भएको थियो । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले सूचना जारी गर्दै भक्तपुरको कार्यक्रम स्थगित गर्दै आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

तर उक्त कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिएका छन् । कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ । गत शुक्रबार पनि अभियानले प्रशासनसँगको समन्वय विना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७