चितवनमा बोरामा भेटिएको महिला–पुरुषको शवको अझै हुन सकेन पहिचान


१० मंसिर २०८०, आईतवार
chitwan hatya

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो । सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७