पूर्वराजालाई राप्रपा अध्यक्ष बनेर सक्रिय राजनीति गर्न योगेश भट्टराईको सुझाव


१० मंसिर २०८०, आईतवार
Yogesh Bhattarai scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन् ।

गृह जिल्ला ताप्लेजुङमा आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रममा उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिएका हुन् ।

राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोशिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी (राप्रपा) को ।’

पूर्वराजा ज्ञानेन्द्र हिजो शनिबार मात्र झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन तथा राजनीतिक अस्थितरता निम्त्याउने काम नगर्न एमाले भट्टराई सचिवले पूर्वराजा शाहलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७