क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम सुनुवाइ समितिबाट अनुमोदन


१० मंसिर २०८०, आईतवार
bharatraj paudel

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आज (आइतबार) बसेको समितिको बैठकले पौडेलसँगको छलफल र सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।

यसअघि क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको थियो । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्याण्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको थियो । सरकारी कर्मचारी जानुपर्ने कोटामा छोरी पल्लवीलाई स्विट्जरल्याण्ड पठाएको उजुरीमा आरोप छ ।

स्विट्जरल्याण्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका थिए । तर सुनुवाइ समितिमा पौड्यालले आरोपको खण्डन गरेका थिए । मन्त्रिपरिषद्को बैठकले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७