एकै पटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२०८० मङ्सिर १० आइतबार ०७:०० बजे

काठमाडौं । सरकारले एकै पटक ७१ सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको जानकारी दियो । महिनौंको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सूची तयार भए पनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।

सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो ।यसअघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।

हेर्नुस् सरुवा सूची

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७