पोर्चुगल र कुवेत पठाई दिन्छु भनी लाखौं ठगी, दुई जना पक्राउ


१० मंसिर २०८०, आईतवार
Chakra Nimraj

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौँ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् ।

डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए । पटक–पटक रकम लिएर उनी सम्पर्कविहीन बनेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।

त्यस्तै पोखरेलले दीपेश तामाङ कुवेत पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन बनेका थिए । उनलाई वसुन्धराबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७