विदेशी नागरिकका नाममा अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ


१० मंसिर २०८०, आईतवार
sijata chaudhary

काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुजता चौधरीलाई पक्राउ गरिएको हो ।

फेसबुकमा एलेक्स बेन्जामनि नाम भएका प्रयोगकर्ताले पीडितहरूलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरू, मेकअपका सामानहरूसहितको लगेज पठाएको छु भनि सामानको फोटो समेत पठाउने गरेका थिए ।

त्यसपछि कुरियरको मान्छेले सम्पर्क गर्छ भनि म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौंको एयरपोर्टमा सामान आइपुगेको छ भनि कस्टम चार्ज, डेलीभरी चार्ज र इन्स्योरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिनुपर्छ भनेर पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको बैङ्क खातामा रहेको एक लाख ३५ हजार रुपैयाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ ।

सो कार्यक्रम संलन्न जिल्ला सप्तरी साविक धरमपुर गाविस–४ परिवर्तित कञ्चनपुर नगरपालिका–९ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७