एमाले सचिव भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार


२०८० मङ्सिर १० आइतबार ०७:५० बजे

ताप्लेजुङ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो ।

ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ । प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुङ्गा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । ढुङ्गा प्रहारबाट अन्य क्षति भएको छैन ।

यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७