कति छ आज विदेशी मुद्राको विनिमय दर ?


२०८० मङ्सिर ११ सोमबार ११:४७ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.५३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७