अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित


११ मंसिर २०८०, सोमबार
au

काठमाडौँ । घरेलु टोली भारतले टी–२० श्रृङ्खला अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियालाई ४४ रनले हराएको छ । जितसँगै पाँच खेलको श्रृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।

थिरुवनन्तपुरममा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९१ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे । यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९–१९ रन बनाए ।

भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक÷एक विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे । रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे । अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७