ग्रिसमा १४ जना सवार मालवाहक जहाज समुद्रमा डुब्यो


११ मंसिर २०८०, सोमबार
Screenshot 1701000370

काठमाडौं । ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ ।

जहाज नुनले भरिएको थियो । हराइरहेका चालक दलका सदस्यहरूमा दुई जना सिरियाली, चार जना भारतीय र आठ जना इजिप्टका नागरिक रहेका छन् । डुबेको जहाज र हराइहेकाहरूको खोजी भइरहेको एएफपीले जनाएको छ ।

ग्रिसको तटीय क्षेत्रमा हिजो आएको आँधीका कारण कैयौँ जहाज प्रभावित भएका थिए । ग्रिसको राष्ट्रिय मौसम विज्ञान सेवाले आपतकालीन मौसमको चेतावनी जारी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७