बबरमहलमा पैदल यात्रु आफैले थिचे ‘ट्राफिक लाइट’


११ मंसिर २०८०, सोमबार
Traffic babarmahal

काठमाडौं । काठमाडौंको बबरमहलमा यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ नामक प्रविधि आज (सोमबार) बिहानबाट सञ्चालमा ल्याइएको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् ।

तर, बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो । यससँगै अब यात्रु आफैंले बटम थिचेर बत्ति बाल्न सकिने र रोड क्रस गर्न सकिने महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनका अनुसार पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्ने सक्नेछन् ।

traffic light

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सम्बन्धित बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्छ । तोकिएको ३० सेकेण्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्छ । त्यसको केहीबेरमा हरियो बत्ती बलेपछि फेरि गाडी गुड्न थाल्छ । महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७