अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक बानियाँमाथि खुकुरी प्रहार


११ मंसिर २०८०, सोमबार
ak

ताप्लेजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि आज (सोमबार) बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले उनीमाथि खुकुरी हानेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीले जानकारी दिए ।

‘उहाँहरूको पुरानै लेनदेनको विषय रहेछ, माननीय ज्यूहरूसँग पनि बसेर कुरा भएको रहेछ,’ लुङ्गेलीले भने, ‘मान्छे खोजी गरिरहेका छौं, भागिसकेको छ ।’ चारैतिर खोजी भइरहेकाले प्रहरीले पक्राउ गर्ने उनले बताए ।

एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडासहितका नेता–कार्यकर्ता जिल्ला अस्पतालमा भेला भएका छन । विवेक र प्रेमको चेक बाउन्सको विषय रहेको एमालेका एक नेताले जानकारी दिएका छन् । विवेकलाई आक्रमण गरेपछि प्रेमले पार्टीका कार्यवाहक अध्यक्ष खतिवडालाई पनि आक्रमण प्रयास गरेको ती नेताले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७