प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८० मङ्सिर ११ सोमबार ०७:०२ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख र प्रमुख प्रशासनीक अधिकारीसहित नौं जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक कालोपत्रे गर्दा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, योजना शाखाका नासु सुनीलकुमार चौधरी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानी नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भ्रषटाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग गरेको छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौलाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७