सडक कब्जा गर्न खोजेपछि दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा धकेलाधकेल (तस्वीरहरु)


११ मंसिर २०८०, सोमबार
durga p

काठमाडौं । व्यवस्था परिवर्तन गर्न भन्दै पाँच दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच आज (सोमबार) काठमाडौंको गौशालामा झडप भएको छ ।

Durga Prasai

प्रदर्शनकारीहरूले सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो । धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक र कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईले आज धार्मिक अगुवालाई उतारेका हुन् । धर्म गुरु परिवारको आह्वानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए ।

durga 1

उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको हो । त्यस्तै बाहिर जिल्लाबाट आएका लघुवित्त / सहकारीका ऋणीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । आन्दोलन पाँचौ दिनमा आइपुग्दा अधिकांश घर फर्किसकेकाले प्रदर्शनकारीको संख्या घट्दै गएको छ । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७