बालकृष्ण खाँणको पुनरावेदन पक्षमा तीन पूर्व महान्यायधिवक्तासहित सात वरिष्ठ अधिवक्ताको बहस


११ मंसिर २०८०, सोमबार
balkrishna khada nepal polic.2023 05 10 03 23 20

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध एक सातायता उच्च अदालत पाटनमा बहस जारी छ ।

आज (सोमबार) दिउँसोसम्म १७ जना प्रतिवादीका कानून व्यवसायीले बहस गरेका छन् । भर्खरै टोपबहादुर रायमाझीका तर्फबाट बहस सुरू भएको छ । प्रकाश खरेल र जनक पाण्डेको इजलासमा गत मंगलबारदेखि पुनरावेदन सुनुवाइ जारी छ ।
यो प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेकाले पनि आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गरेका छन् ।

उच्च अदालतमा खाँणको पक्षबाट सात वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । पूर्व महान्यायधिवक्ताहरु खम्मबहादुर खाँती, बोणबहादुर कार्की र महादेव यादबसहित कृष्ण सापकोटा, प्रेमबहादुर खड्का, हरिहर दाहाल र सुरेन्द्र महतोले बहस गरेका छन् ।

अब प्रतिवादीहरूमा रायमाझीबाहेक सागर राई, रामशरण केसी र केशवप्रसाद तुलाधरको पक्षबाट बहस हुन बाँकी छ । सरकारी वकिलले पनि बहस गर्नेछ । त्यसपछि इजलासले आदेश सुनाउने छ । प्रतिवादीअनुसार जिल्लाको आदेश सदर वा बदर हुन सक्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने खोज्नेक्रममा करडौँ रुपैयाँ ठगी भएको उजुरीपछि हाईप्रोफाइलहरू समातिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७