कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता, देउवाले थपे यी चार सदस्य


२०८० मङ्सिर ११ सोमबार ०७:१२ बजे

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा सभापति शेरबहादुर देउवाले लेखा समितिलाई पूर्णता दिएका हुन् ।

समितिमा सभापति देउवाले चार जना थप गर्दै समितिलाई पूर्णता दिएका हुन् । पार्टी विधानको धारा ३८ (१) र २०७९ को केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम देउवाले चार जना सदस्य थप गरेका हुन् ।

यसरी थप गरिएका सदस्यहरूमा दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सभापति देउवालाई पार्टी केन्द्रीय समितिले सदस्य मनोनयनको जिम्मेवारी दिएको थियो । सोही अनुसार देउवाले सोमबार चार सदस्य थप गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७