१६ अर्बको बजेट ल्याउँदै सरकार, कुन तहमा कति बजेट ?


१४ जेष्ठ २०७५, सोमबार
bujet 1

काठमाडौं, १४ जेठ । सरकारले संघ, प्रदेश र स्थानीय तह समेत गरेर कूल १६ खर्बको बजेट निर्माण ल्याउने तयारी गरिरहेको छ । bujet 1

हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले जानकारी दिएका छन् । यस अनुसार संघीय सरकारको बजेट कूल खर्चको ७५ प्रतिशत र तल्ला तहका सरकारको बजेट २५ प्रतिशत हुनेछ ।

यस पटक केन्द्र र तल्ला तहका सरकारको बजेटलाई छुट्टाछुट्टै शीर्षकमा राखिने भएको छ । तल्ला तहमा हुने वित्तीय हस्तान्तरण र राजश्व बाँडफाँडलाई छुट्टै शीर्षकमा राखिने जनाइएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्क बापतको ३० प्रतिशत र प्राकृतिक स्रोतबाट प्राप्त हुने ५० प्रतिशत रकम घटाएर मात्रै केन्द्रको राजश्व अनुमान सार्वजनिक गरिने छ । यी रकम राजश्व बाँडफाँड अन्तर्गत तल्ला सरकारमा हस्तान्तरण हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७