दुर्गा प्रसाईं समर्थकले ढुङ्गामुढा गरेपछि प्रहरीले गर्‍यो लाठीचार्ज, गौशाला क्षेत्र तनावग्रस्त


११ मंसिर २०८०, सोमबार
Dhunga

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईं समर्थकले ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

pak

धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि अहिले प्रदर्शनकारी तितरवितर भएका छन् ।

durga p 1

राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा केही दिन यता काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रसाईंले सम्बोधन गर्न पाएनन् । पाँचौ दिनसम्म आइपुग्दा आन्दोलनमा प्रसाईका समर्थकको संख्या पातलिंदै जान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७