दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी आचार्य श्रीनिवास पक्राउ


११ मंसिर २०८०, सोमबार
Acharya Shreenibas

काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईं समूहको प्रदर्शनमा सहभागी भएर भड्किलो भाषण गरेपछि प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।

गेरुवस्त्रमा त्रिशुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।
उनी धरान घटनाका विषयमा हिंसात्मक अभिव्यक्ति दिएका कारण केही समयअघि समेत पक्राउ परेका थिए । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ नाम दिएर प्रसाईंले गरेको आन्दोलनका क्रममा श्रीनिवासले सोमवार भाषण गरेका थिए ।

भाषणका क्रममा भड्काउ खालका अभिव्यक्ति दिएपछि प्रहरीले तत्काल पक्राउ गरेको हो । उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए । श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ ।

त्यो बेला उनले आफैंलाई गोली हान्न लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङमा त्यसबेला खटिएका एक अधिकृतका अनुसार, त्यसदिन आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किएका थिए । त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएका थिए ।आन्दोलनको पाँचौं दिनमा सोमवार प्रसाईं समर्थक गौशालामा भेला भएका छन् । प्रहरीसँग झडप भएपछि भीड तितरवितर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७