ट्याङ्करले ठक्कर दिंदा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध


११ मंसिर २०८०, सोमबार
birodh

नेपालगञ्ज । दुर्घटना गराउने चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै नेपालगञ्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन् ।

ट्यांकरले ठक्कर दिँदा आइतबार बेलुकी १७ वर्षीया किशोरी शालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका–१७ का दिलिपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार किशोरीको घटनास्थलमै मृत्यु भएको थियो । ठक्करबाट किशोरीका बुवा पाठक घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको छ । चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले स्थानीय धम्बोझी चोकमा टायर बालेर सडक अवरुद्ध गरेको र प्रहरीले सडक खुलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

‘पीडित पक्षले क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गर्नु भएको थियो, हामीले चालकलाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने ‘कानुन बमोजिम उहाँहरूले क्षतिपूर्ति पाउनु हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७