गौशालामा प्रसाईको प्रदर्शनमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगियो


२०८० मङ्सिर ११ सोमबार ०७:५८ बजे

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले गरेको प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । काठमाडौँको गौशालामा प्रसाईंका समर्थकले सोमबार प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा केहीबेर अवस्था तनावग्रस्त बनेपछि प्रहरीसँग झडप समेत भएको थियो । झडपमा परी घाइते भएका प्रदर्शकारीहरूलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलज लगिएको हो । प्रदर्शनमा सहभागी भएका आचार्य श्रीनिवाससहित १० जनालाई प्रहरीले पक्राउ गरेको छन् ।

उनीहरूलाई पक्राउ गरेर प्रहरीले अहिले गौशाला प्रहरी वृत्तमा राखेको छ । काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीका अनुसार प्रदर्शनमा अन्य पाँच जना प्रहरी समेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिनकासो क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

श्रीनिवासले त्यहाँ आयोजित कोणसभालाई समेत सम्बोधन गरेका थिए । यसअघि उनी धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए । सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७