गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइन्छ : गगन थापा


११ मंसिर २०८०, सोमबार
Gagan Thapa 1 scaled

नवलपुर । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको हालको व्यवस्था अर्थात गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइने बताएका छन् ।

नवलपुरमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा अस्ती केही मान्छे यो व्यवस्था फाल्छु भनेर जम्मा भए, राति पार्टी प्यालेसमा बसेका ती मान्छेहरुलाई लखेट्नेहरु को हुन्, ती मान्छेहरुले काठमाडौँमा गएर गणतन्त्र फाल्छु भन्ने हक अधिकार राख्न सक्छन्, नागरिकको सुरक्षा गर्ने काम राज्यको हो ।’

उनले भने, ‘हिजो नेकपा एमालेका सचिव योगेश भट्टराईको गाडीमा तोडफोड हुँदा सुरक्षा दिने काम राज्यको हो, योगेश भट्टराईले कोशी प्रदेशको नाम ठिक छ भनेका छन्, त्यहाँ नाम ठिक छैन बदल्नु पर्छ भन्ने मान्छे पनि छन्, बदल्नु पर्छ भन्नेले पनि बदल्नु पर्छ भन्न पाउनु पर्छ, यो ठिक छ भन्नेले ठिक छ भन्न पाउँछ त्यो ढुंगा हान्ने को ?’

जिउ ज्यानमाथि आक्रमण गर्नेलाई राज्यले ठेगान लगाउनु पर्नेमा त्यसो हुन नसकेको महामन्त्री थापाको भनाइ छ । ‘जहाँनेर राज्य सबैभन्दा कमलो हुनुपर्छ, त्यहाँ कमलो हुनुपर्छ जहाँनेर सेवा गर्नुपर्छ त्यहाँ सेवा गर्नुपर्छ, जहाँ कठोर हुनुपर्छ त्यहाँ कठोर हुनुपर्छ, गलत गर्नेले दण्ड पाउनु पर्छ, यदि कसैले सार्वजनिक मञ्चबाट म फलानोलाई सक्दिन्छु म बैंकवालालाई सक्दिन्छु भन्छ भने त्यसलाई कानुन बमोजिम कारवाही गर्ने हिम्मत राज्यले राख्न सक्नु पर्छ,’ उनले भने । राज्यले नागरिकलाई सुरक्षा दिन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७