कोरियन भाषा परीक्षा : ३२ हजार सहभागी, चार हजार उत्तीर्ण


११ मंसिर २०८०, सोमबार
eps korea

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा चार हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा चार हजार ९८ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । आज (सोमबार) सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज (मंसिर ११ गते) प्रकाशन भएको जनाएको छ ।

पास भएका चार हजार ९८ जनामध्ये ३,९०१ जना पुरुष र १९७ जना महिला छन् । परीक्षामा ३३ हजार २०१ पुरुष र २ हजार २७७ जना महिला सहभागी थिए । पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ । सो परीक्षामा उत्तीर्ण भएपछि मात्रै अन्तिम नामावली प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन उम्मेदवार छनौटका लागि एचआरडी सर्भिस अफ कोरियाले सो परीक्षा लिएको हो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७