रजत पदक विजेता एक थाइ दुलाहाले गरे दुलहीसहित चार जनाको हत्या


२०८० मङ्सिर १२ मंगलबार ०७:०३ बजे

काठमाडौं । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गरी आफैलाई बन्दुकले उडाएको प्रहरीले बताएको छ ।

आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले उत्तरपूर्वी थाइल्याण्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । ‘उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाए’, उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भने ।

उनका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी दुलही र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए । पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् । कानूनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्याण्डमा बन्दुक हिंसा सामान्य छ । यद्यपि सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७