उपरथी सिलवालसहित चार जनालाई दर्ज्यानी चिह्न


२०८० मङ्सिर १२ मंगलबार ११:५९ बजे

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रूपमा समेत काम गरिसकेका छन् । प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दज्यानी चिह्न प्रदान गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७