१५ बर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा शिक्षक कारागार चलान


१२ मंसिर २०८०, मंगलवार
Rahis khaaa

गुल्मी । गुल्मीमा बलात्कारपछि एक बालिकाको हत्या गरेको आरोपमा एक शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका–४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई चन्द्रकोट–४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।

गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका–४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव नग्न अवस्थामा फेला परेको थियो । गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट–४ बस्ने मनिषा खेतालालाई सुर्ती किन्न बजार निस्किएकी थिइन् ।

किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो । मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् । कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७