सञ्जिप राईले जिते ‘हिमालय रोडिज सिजन–५’ को उपाधि


२०८० मङ्सिर १२ मंगलबार ०७:२६ बजे

काठमाडौं । हिमालय रोडिज सिजन–५ को उपाधि सञ्जिप राईले जितेका छन् । सोमबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा खोटाङका राईले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।

उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा सुहाउँदैन, गर्न सक्दैन भन्ने टिकाटिप्पणी आए पनि काम गर्दै गएपछि सहज र रमाइलो लागेको बताइन् ।

ग्रिन ग्याङ अर्थात टिम लाउरे दुवै जना प्रतिष्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलो पटक हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७