दुर्गा प्रसाईंका स्वकीय सचिवसहित काठमाडौँबाट १५ जना पक्राउ


२०८० मङ्सिर १२ मंगलबार ०७:३० बजे

काठमाडौं । गणतन्त्र फ्याँक्ने भन्दै प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन् ।

प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ । प्रदर्शनको पहिलो दिन अभियानले बल्खुका प्रदर्शन गरेको थियो । त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ । पछिल्लो समय प्रदर्शनमा सहभागीको संख्या कम हुँदै गएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७