योजना कटौती भएपछि कोशीमा मुख्यमन्त्रीसँग रिसायो एमाले


१२ मंसिर २०८०, मंगलवार
Koshi Pradesh

मोरङ । कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा (एमाले) र राप्रपाका सांसद रुष्ट बनेका छन् ।

प्रदेशसभाको आज (मंगलबार) को बैठकको कारबाही सुरु हुना साथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।
एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

रानाले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पथ्र्यो ।’ प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।

‘सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो’, उनले भने, ‘सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।’ उनले बजेट फेल भए के हुने भदै प्रश्न गरे । बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सदनमा सोमबारदेखि छलफल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७