आन्दोलनमा निस्केका दुर्गा प्रसाईंलाई प्रहरीले बाटोबाटै फर्कायो, काठमाडौं पस्न रोक


१२ मंसिर २०८०, मंगलवार
durga prasai 2
फाइल फोटो

काठमाडौं । गणतन्त्र फाल्ने भन्दै पाँच दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल व्यावसायी तथा गण्तन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं आज (मंगलबार) आफू नेतृत्वको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ ।

गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर पर्काएको छ । प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर बादविवाद समेत भएको स्रोतले जानकारी दिएको छ ।

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ । प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ । हिजो गौशालामा भएको प्रसाई समूहको प्रदर्शनका क्रममा झडप समेत भएको थियो । प्रहरीले प्रसाईका स्वकीय सचिवसहित १५ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७