राजेश पायलको प्रश्न : अरिजित र रणवीरले जस्तो हामीले गरे माफी पाउथ्यौं कि नाइँ ?


१२ मंसिर २०८०, मंगलवार
Rajesh payal Rai

काठमाडौँ । भारतीय गायक अरिजित सिंहले नेपालमा दिएको प्रस्तुतिको अहिले चर्चा चलिरहेको छ । नाम चलेका नेपाली गायक–गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन् ।

फ्यानले दिएको नेपालको राष्ट्रिय झण्डा उनले काँधमा राखेर गीत गाएको कुराले भने उनको राम्रै चर्चा चलिरहेको छ । त्यस्तै यता भारतीय रियालिटी सो ‘इन्डियन आइडल १४’ विशेष गेष्टको रुपमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आशीर्वाद लिएको दृश्यको पनि राम्रै चर्चा लिएको छ ।

यही दुबै सन्दर्भलाई लिएर गायक राजेशपायल राईले आफ्नो धारणा राखेका छन् । राईले अरिजित सिंहले जस्तो अन्य देशको झण्डा काँधमा राखेमा वा रणवीर कपूरले जसरी खुट्टा छोएर आशीर्वाद मागेमा नेपाली कलाकारले माफी पाउथ्यौँ कि नाई भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘अरिजित सिंहले नेपाली झण्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झण्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झण्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७